News Griha :: न्यूजगृह
एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने

काठमाडौं—  नेकपा एमालेले दसैँ, तिहार, छठ लगायत पर्वहरुको अवसरमा यही कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने भएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । ‘नेपालीहरुको ठूला चाडहरुको अवसरमा शुभकामना आदान–प्रदान गर्न पार्टी अध्यक्षले चियापान राख्नुभएको हो,’ अधिकारीले भने । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १५:२६
Weather Update