News Griha :: न्यूजगृह
गाजाको अस्पतालमा भएको आक्रमणको एमालेद्वारा भर्त्सना

काठमाडौं  नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल-अहरी-अरब अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति सार्वजनिक गर्दै सिङ्गो अस्पताल भवन नष्ट हुनु र बालबालिकासहित सयौँको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कम हुने बताएका छन् ।

‘अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा ‘ आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएका छौं ।’

इजरायल र प्यालेस्टाइनको हमासबीच भइरहेको युद्धका क्रममा गएराति अस्पतालमा आक्रमण भएको थियो । उक्त आक्रमण परि ५०० जना बढी नागरिकको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १६:२९
Weather Update