कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (कात्तिक १ गते) विश्वासको मत लिने भएका छन् । कार्कीले विश्वासको मत लिने सूचना प्रदेश सभालाई सोमबार दिएका छन् ।
यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । मुख्यमन्त्री कार्कीले आइतबार शपथ लिएका थिए ।
उनी नेपाली कांग्रेस डा.शेखर कोइराला पक्षका ८ र नेकपा एमालेका ३९ जना प्रदेश सभा सदस्यको समर्थनमा गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८० १५:०९