News Griha :: न्यूजगृह
पूर्वअर्थमन्त्री पौडेल भन्छन्— अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेन

रूपन्देही— नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाएका छन् । 
बुटवलमा आइतबार पत्रकारसँग पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले मुलुकको अर्थतन्त्रको चिरफार गर्नुपर्नेमा जोड दिए ।

उनले भने, 'आन्तरिक ऋण बढ्दै छ, तलब, सामाजिक सुरक्षा कोष, निवृत्तिभरण रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ ।'

फरक प्रसङ्गमा उपाध्यक्ष पौडेलले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले राम्रो काम गर्दासम्म एमालेको साथ रहने बताए । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १९:३४
Weather Update