News Griha :: न्यूजगृह
कोशी मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत भोलि

काठमाडौं— कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नु पूर्व समर्थन गर्ने प्रदेश सांसदहरूको सनाखत गरिने भएको छ ।

नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

आङ्बाले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद प्रदेश प्रमुख कहाँ पुगेका थिए । 

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्की र समर्थन गरेको दल एमालेका दलका नेता हिक्मत कार्कीलाई भेटेर भोलि हस्ताक्षर सनाखत गर्ने बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १८:३०
Weather Update