News Griha :: न्यूजगृह
कांग्रेसलाई एकताबद्ध नगरे इतिहासले सराप्छ : आरजु राणा

काठमाडौं— नेपाली कांग्रसकी नेतृ आरजु राणा देउवाले कांग्रेसलाई एकताबद्ध गरेर अगाडि नबढे इतिहासले कांग्रेस नेतृत्वलाई सराप्ने बताएकी छिन् । शुक्रबार ‘राजनीतिक उपलब्धि र आजको चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै उनले कांग्रेस एकजुट हुनुपर्ने धारणा अघि सारिन् ।

उनले कांग्रेसले जति उपलब्धि कुनै पनि देशमा कुनै पनि पार्टीले नगरेको भन्दै सत्मार्गमा लागेर कांग्रेसलाई एकताबद्ध नगरे कांग्रेसको गरेको उपलब्धिलाई नयाँ पुस्ताले सराप्ने बताइन् ।

राणाले प्रजातात्रिक आन्दोलनदेखि जनआन्दोलन र गणतन्त्र स्थापनाको लागि नेपाली कांग्रेसको पुरानो पुस्ताले जेलनेल सहेर पार्टीलाई अहिलेको अवस्थामा ल्याएको बताइन् ।

उनले भनिन्, ‘त्यो समयका नेताहरुले कसरी पार्टीलाई एकतबद्ध गरेर ल्याए होला । बोल्न पनि गाह्रो थियो । त्यही पनि दुःखकष्ट सहेर पारिवारिक जीवनलाई त्यागेर देशलाई यहाँसम्म ल्याउनु भएको हो । त्यस्तो गाह्रो समयदेखि यहाँसम्म ल्याएको पार्टीलाई अहिले हामीले एकबद्ध गरेर नलगे इतिहासले सराप्छ । हाम्रो पुस्तालाई सराप्छ ।’

उनले प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको कांग्रेस र बनाएको संविधानमा लोकतन्त्र, समाजवाद र राष्ट्रियतामा विश्वास गर्छौ भनेर लेखेर पनि त्यसमा कसैले प्रयास गर्न नसकेको उल्लेख गरिन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १७:०७
Weather Update