News Griha :: न्यूजगृह
कोशीमा कार्की पक्षको सनाखत जारी, आङ्बो पक्ष नजाने
कोशी प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा नयाँ मुख्यमन्त्री नियुक्तिको लागि प्रदेश सभा सदस्यको सनाखत गरिँदै ।  

विराटनगर— कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि नआउने भएका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गर्दै शेखर कोइराला समूह एमालेसँग मिलेका कारण गठबन्धन उम्मेदवार र उनका समर्थक हस्ताक्षर सनाखतका लागि नआउने भएका हुन् ।

संविधानको धारा १६८ को (५) अनुसार प्रदेश प्रमुखले दिएको समयमा दुई जनाको दाबी पेस भएपछि हस्ताक्षर सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयले शनिबार दुवै पक्षलाई बोलाएको थियो ।

केदार कार्की पक्षधरको हस्ताक्षर सनाखत भइरहेको छ । मुख्यमन्त्रीका लागि दाबी पेस गरेका माओवादी केन्द्रका संसदीय दलका नेता आङ्बोले भने सनाखतका लागि आफूहरू नजाने बताए ।

माओवादी केन्द्रका एक सांसदले दाबी नपुग्ने अवस्था भएपछि सनाखतका लागि नजाने भएको जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०९:४३
Weather Update