प्रतिनिधि सभाको बैठक कात्तिक १२ गतेसम्मका लागि स्थगित

काठमाडौं— प्रतिनिधि सभाको बैठक आगामी कात्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वको शुभकामना व्यक्त गर्दै कात्तिक १२ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
बैठकले विद्युत् विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ भने विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदको अनुपस्थितिको सूचना स्वीकृत गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८० १६:४८