
काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने तयारी छ ।
गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधान अनुसार ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्छ ।
कार्कीले विश्वासको मत पाउने बलियो आधार बनिसकेको छैन । उनले विश्वासको मत लिन नेपाली कांग्रेस २९, माओवादी १३, नेकपा एकीकृत समाजवादी ४ मध्ये कुनै एक दललाई खुसी पार्नुपर्ने हुन्छु । प्रदेश सभामा जसपाको १ मत छ । १ मतले कार्कीलाई विश्वासको मत पाउन सहयोग पुग्दैन । एमालेसँग ३९ मत मात्रै छ ।
केन्द्रीय सत्ता गठबन्धनमा रहेका कुनै पनि दलले अहिले सरकारलाई विश्वासको मत दिने संकेत गरेका छैनन् । राप्रपाले पनि विश्वासको मत नदिने बताइरहेको छ ।
यसअघि प्रदेशस भामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीले ४६ मत पाएका थिए । यसपटक उपसभामुखले मत हाल्न पाउने छैनन् ।