नेसपाको महाधिवेशन वैशाखमा बिहीबार, असोज १८, २०८०

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश बिहीबार, असोज १८, २०८० नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेताकार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी उनीहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बिहीबार, असोज १८, २०८० बैठकमा सभामुखले देवराज घिमिरेले ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ ।

ईपीजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव बुधबार, असोज १७, २०८० नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह ईपीजीको प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरूले सुझाव दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बुधबार बसेको बैठकमा उनीहरूले दुई देशबीचको सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पुर्याइ आधिकारिता दिनुपर्ने भनाइ राखेका हुन् ।

राष्ट्रसङ्घका महासचिव नेपाल आउँदै बुधबार, असोज १७, २०८० उनका अनुसार महासचिव एन्टोनियो ३ दिन नेपालमा बस्नेछन् । नेपाल भ्रमणका क्रममा उनले शान्ति प्रक्रियाका विषयमा नेताहरूसँग छलफल गर्नेछन् । त्यस्तै जलवायु परिवर्तन र अति कम विकसित मुलुकका विषयमा पनि छलफल गर्ने नेता गजुरेलले जानकारी दिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महासचिव एन्टोनियोलाई नेपाल...

अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो : सञ्चारमन्त्री शर्मा बुधबार, असोज १७, २०८० सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने बताइन् ।

धार्मिक र साम्प्रदायिक सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न सरकारको अपिल मंगलबार, असोज १६, २०८० मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा नेपालगञ्जमा देखिएको तनावबारे छलफल भएको थियो । बैठकले धार्मिक, साम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न अपिल गरेको छ ।

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक आगामी बिहीबार मंगलबार, असोज १६, २०८० उनले भने, ‘कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य हुनुपर्ने व्यवस्था छ । ६९ हुनुपर्नेमा ६६ भएकोले गणपूरक संख्या नपुगेपछि आजको कार्यसूचीको कार्यक्रम हटाइएको छ ।’

धनराज गुरुङलाई ओलीको व्यंग्य— चुनाव जित्नका लागि पितृले भोट हाले मंगलबार, असोज १६, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुनमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता धनराज गुरुङलाई चुनाव जित्नका लागि पितृले भोट हालेको भन्दै व्यंग्य गरेका छन् ।

न्यायालयलाई गठबन्धनको विभाग बनाउन खोजियो : अध्यक्ष ओली मंगलबार, असोज १६, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले न्यायालयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका छन् ।मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकाले न्यायालयको गरिमा, निष्पक्षता, स्वच्छता स्वतन्त्रता र समग्र उचाइमाथि पटक–पटक प्रहार गरेको भन्दै न्यायालयलाई गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका हुन् ।

गठबन्धनका परिवारका सदस्यले शासनको निर्णय गरिहरेका छन् : अध्यक्ष ओली मंगलबार, असोज १६, २०८० प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिहरेको आरोप लगाएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधान कानुन र राज्य प्रणालीले नचिनेका विचौलिया र गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिहरेको आरोप लगाएका हुन् ।
एमालेको अवरोधले बाग्मती प्रदेश सभा बैठक बुधबारका लागि सारियो मंगलबार, असोज १६, २०८० बाग्मती प्रदेश सभा बैठक मंगलबार अपराह्न २ बजे बस्ने भनिएकोमा विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।सोमबार साँझ बसेको प्रदेश सभाको बैठकमा प्रदेश चिट्ठा विधेयकसम्बन्धी विषयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित फिर्ता पठाएको पूर्णपाठ प्रदेश सभाका प्रत्येक सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने माग गर्दै...

दिनदहाडै खुँडा हानेर युवकको हत्या गर्ने गुण्डालाई आममाफी दिइएकोमा ओली उठाए प्रश्न मंगलबार, असोज १६, २०८० प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रश्न उठाएका छन् ।