News Griha :: न्यूजगृह
गठबन्धनका परिवारका सदस्यले शासनको निर्णय गरिहरेका छन् : अध्यक्ष ओली

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिहरेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधान कानुन र राज्य प्रणालीले नचिनेका विचौलिया र गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिहरेको आरोप लगाएका हुन् ।

उनले भने,‘इतिहासको कुन सरकारसँग यसलाई तुलना गर्ने । राजनीति र अपराधमा फरक देखिन छोड्यो । आर्थिक संकट एकातिर । शान्ति सुरक्षा बिग्रँदो । अर्कातिर संविधान कानुन र राज्य प्रणालिले नचिनेका विचौलिया र गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिहरेका छन् । गठबन्धनका दलका लागि कोही संविधान कार्यान्वयन हुनुपर्ने होइन्, त्यस बाहिर मनपरी कार्यान्वयन भइराख्या छ ।’

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:४५
Weather Update