News Griha :: न्यूजगृह
गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक आगामी बिहीबार 

काठमाडौं— प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा गणपूरक संख्या नपुगेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

उनले भने, ‘कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य हुनुपर्ने व्यवस्था छ । ६९ हुनुपर्नेमा ६६ भएकोले गणपूरक संख्या नपुगेपछि आजको कार्यसूचीको कार्यक्रम हटाइएको छ ।’   

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले पेश गरेको विद्युत विधेयक छलफलका लागि संख्या नपुगेको हो । अर्को बैठक अब बिहीबार दिउँसो १ बजे बस्ने उनले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:१३
Weather Update