प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— संघीय संसद् प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सभामुखले देवराज घिमिरेले ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ ।
बैठकमा सभामुख घिमिरेले पूर्व प्रतिनिधि सभा सदस्य खेमराज भट्ट मायालुको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेपछि देवराज घिमिरेले बैठक स्थगित गर्दै बिहीबारका लागि बोलाएका थिए ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० ०६:५३