
काठमाडौं— सरकारले जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा नेपालगञ्जमा देखिएको तनावबारे छलफल भएको थियो । बैठकले धार्मिक, साम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न अपिल गरेको छ ।
साथै सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन वा व्यक्तिको प्रतिष्ठा वा गोपनीयतामा आघात पुर्याउने काम नगर्न पनि अनुरोध गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, ‘विभिन्न जातजाति वा सम्प्रदायको बीचमा सुसम्बन्धमा खलल पुग्ने नगर्न नगराउनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’
पछिल्लो समय सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि बढिरहेका छन् । धरान, सर्लाही र बाँकेमा स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु नै जारी गर्नुपरेको थियो ।