News Griha :: न्यूजगृह
न्यायालयलाई गठबन्धनको विभाग बनाउन खोजियो : अध्यक्ष ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले न्यायालयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकाले न्यायालयको गरिमा, निष्पक्षता, स्वच्छता स्वतन्त्रता र समग्र उचाइमाथि पटक–पटक प्रहार गरेको भन्दै न्यायालयलाई गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका हुन् ।

‘गठबन्धनले जन्माएको दुई वटा सरकारले न्यायालयको गरिमा, निष्पक्षता, स्वच्छता स्वतन्त्रता र समग्र उचाइमाथि पटक–पटक प्रहार गरेको छ । न्यायालयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको हो ?’ उनले भने, ‘सम्भव छैन । हामी पनि छौँ यो देशमा । हामी न्यायालयलाई स्वतन्त्र सम्मानित, मर्यादित न्यायालयका रूपमा राख्न चाहन्छौँ । तपाईँहरूको विभाग बनाउन दिँदैनौँ ।’

उनले न्यायाधीश नियुक्ति र सरुवा आइसवर्ग भएको भन्दै संवैधानिक दुर्घटनाको कारक बन्नसक्ने भएकाले सावधान रहन समेत हुन आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:५३
Weather Update