
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुनमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता धनराज गुरुङलाई चुनाव जित्नका लागि पितृले भोट हालेको भन्दै व्यंग्य गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले कानुनमन्त्रीले बुुथकब्जा गर्ने अधिकृतलाई न्यायाधीशमा नियुक्त गरेर पुरस्कृत गरेको भन्दै गुरुङलाई जित्नका लागि पितृले भोट हालेको व्यंग्य गरेका हुन् ।
उनले भने,‘चुनाव जित्नका लागि ९९ प्रतिशतसम्म मत खसाले र ? । ९९ प्रतिशत मत खस्छ काहीँ ? दश प्रतिशत मतदाता खाडीमा छन् । केही मान्छेमाथि गए (मृत्यु) ती पनि मत खसाल्न आए । कति पपुलर हो । पितृले पनि मत खसाले । बुथकब्जा गराउने अधिकृतलाई न्यायाधीशमा नियुक्त गरेर पुरस्कृत गरियो । अब ती न्यायाधीशबाट न्याय सम्पादन कस्तो होला ? उनको त बानी नै छ । मरेका मान्छेले भोेट हाल्न पाइन्छ भन्ने ।’
उनले बुथकब्जा गरेर भएको निर्वाचन धाँधलीरहित भनेर सिफारिसस गरेका निर्वाचन अधिकृतलाई न्यायाधीश बनाएको दाबी गरे ।