नेसपाको महाधिवेशन वैशाखमा

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
बुधबार सकिएको केन्द्रीय कार्यकारिणी समिति बैठकले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको थप तयारीबारे निर्णय लिन नेसपाले छठलगत्तै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।
यसैगरी पार्टी सुदृढीकरण र संगठन निर्माणका लागि जारी ६ महिने अभियानलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० ११:२६