News Griha :: न्यूजगृह
सांसद प्रदीप पौडेलले भने— सबै कुराको मूल्य बढ्यो, सरकारको लोकप्रियता मात्रै बढेन

काठमाडौं— नेपाली कांग्रेसका सांसद प्रदीप पाैडेलले मुलुकमा सबै कुराको चर्को मूल्यवृद्धि भएको तर सरकारप्रतिको भरोसा र लोकप्रियता नबढेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बैठकमा उनले भने, ‘सबै कुराको चर्को मूल्यवृद्धि भएको छ, सरकारप्रतिको भरोसा र लोकप्रियता मात्र नबढेको स्थिति हो । म सरकारलाई अनुरोध गर्न चाहन्छु, देखावटी रुपमा होइन साँचै मूल्यवृद्धि नियन्त्रण गर्ने गरी कालोबजारीलाई कारबाही गरेर आफ्नो उपस्थिति देखाओस् ।’

देश आर्थिक मन्दीले थलिएको भन्दै पौडेलले बजारमा ३५ प्रतिशत सटर बन्द भएको अवस्था रहेको बताए । सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने घोषणा गरे पनि आम जनतालाई मारपर्ने गरी चर्को मूल्यवृद्धि भएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:१७
Weather Update