काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले धर्मको झण्डा बोकाएर देशमा अस्थिरता फैलाउने कोसिस भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले कहिले दलको, कहिले सम्प्रदायको झण्डा बोक्न सिकाउनेले अहिले धर्मको झण्डा बोकाएको उनको आरोप छ ।
‘आफूहरुले यो देशका दलको झण्डा बोक्यौं, त्यसपछि आफूहरुलाई सम्प्रदायको झण्डा बोक्न सिकायो र अहिले धर्मको झण्डा बोक्न सिकाउँदैछ ।’ उनले भने
उनले आगामी निर्वाचनलाई लक्षित गरी अहिल्यै भोटको राजनीति हुन थालेको भन्दै त्यसले कसैलाई फाइदा नगर्ने बताए ।
उनले भने, ‘केही राजनीतिज्ञले अहिलेदेखि नै भोटको राजनीति गर्न थाले । त्यो कसैको लागि पनि फाइदाजनक हुने छैन । केही क्षण कुनै स्वार्थ समूह कुनै राजनीतिक समूहको स्वार्थले केहीलाई क्षणिक फाइदा देला तर आउने सन्ततीले के पाउँछ ।’
कुनै पनि पुस्ताले देशको झण्डा बोक्न नसिकाएकोप्रति उनको आक्रोश छ ।