जहाजको पर्खाइमा चार बालकले ज्यान गुमाएबुधबार, साउन ३१, २०८०

बुकीमै गोठालाको उपचार बुधबार, साउन ३१, २०८० स्वास्थ्य शिविरका लागि बुकी पुगेका स्वास्थ्यकर्मी हरिबहादुर छन्त्यालले धेरै जसो गोठालामा ज्वरो आउने, पखाला लाग्ने, उच्च रक्तचापलगायत समस्या भएको बताए । केहीलाई गम्भीर किसिमको रोग देखापरेकाले सुविधायुक्त अस्पतालमा जान सुझाएको उनको भनाइ छ । अध्यक्ष बूढा मगरसहित १२ जनाको टोली बुकी पुगेर शिविर सञ्चालन गरेको थियो । उनीहरूले एक सय...

मुगु जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगियो मंगलबार, साउन ३०, २०८० मुगु जीप दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।

चितवनमा आँखा पाक्ने रोगको संक्रमण घट्दै मंगलबार, साउन ३०, २०८० आँखा पाक्ने रोगका बिरामी घट्दै गएका छन् । रोग फैलिएपछि अस्पतालमा एकाएक वृद्धि भएका आँखाका बिरामीको संख्या पछिल्ला दिनमा घट्दै गएको हो ।

देशभर डेंगुबाट १३ हजार जना संक्रमित, सतर्कता हुन आग्रह मंगलबार, साउन ३०, २०८० देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण फैलिँदा १३ हजार २९२ जना बिरामी परेका छन् ।

वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकीमा पूर्ण खोप कार्यक्रम सञ्चालन मंगलबार, साउन ३०, २०८० वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिएको छ ।

स्वास्थ्यमन्त्री र राष्ट्रसंघका आवासीय संयोजकबीच भेट सोमबार, साउन २९, २०८० भेटमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि ह्याम्डीले संयुक्त राष्ट्रसंघ र एजेन्सीहरूले गर्दै आएको सहयोग र सहकार्यलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री बस्नेतले सहयोग र सहकार्यका लागि हन्ना र संयुक्त राष्ट्र संघीय एजेन्सीहरूलाई धन्यवाद दिँदै भविष्यमा सहयोग तथा सहकार्य जारी रहने विश्वास व्यक्त गरेका छन् ।

पैसा नभएर उपचार नपाए त्यसको जिम्मा म लिन्छु : मन्त्री बस्नेत आइतबार, साउन २८, २०८० लिभर फाउण्डेशन नेपालद्वारा विश्व अंग दान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब कोही पैसा नभएर मर्न नपर्ने भन्दै त्यसको व्यवस्था राज्यले गरिरहेको बताए ।

मन्त्रीले गरे निःशुल्क उपचार गराउन आग्रह आइतबार, साउन २८, २०८० मन्त्री जोशीले प्रदेशभित्रका सिमान्तकृत, सबै आश्रममा रहेका व्यक्ति, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति र स्वयम् सेविकालाई निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको बताए । उनले पक्षघात र मस्तिष्क घात भएका बिरामीलाई उपचारमा सहुलियत दिइएको, उनीहरूलाई आयुर्वेद अस्पतालमा निःशुल्क फिजियोथेरापीको व्यवस्था गरिएको जानकारी दिए

नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्ण समाधान गर्छौं : प्रधानमन्त्री शुक्रबार, साउन २६, २०८० उनले सेवामा सुधार गर्ने संकल्पसमेत आफूले लिएको र यसमा देखिने गरी नै काम गर्ने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भए पनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्त्वपूर्ण रहेको बताए ।

हेटौँडा अस्पतालमा विरामीको चाप बढ्दै शुक्रबार, साउन २६, २०८० आव २०७८/७९ मा हेटौँडा अस्पतालमा एक लाख ४४ हजार ४५४ जनाले ओपिडी सेवा र ५२ हजार ३५७ जनाले इमर्जेन्सी सेवा लिएका थिए । यो हिसाबमा आव २०७८/७९ मा भन्दा गत वर्ष २०७९/८० मा सेवाग्राहीको चाप उल्लेख्य रहेको छ । अस्पतालमा साधारण सुत्केरी हुनेको सङ्ख्या दुई हजार ८०७ छ भने अस्पतालमा...

चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या शुक्रबार, साउन २६, २०८० चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ ।

भरतपुरमा डेङ्गु परीक्षणको शुल्क मनपरी लिन नपाउने बिहीबार, साउन २५, २०८० भरतपुर अस्पतालले भने आठ सय रुपैयाँ लिँदै आएकोमा अब छ सय रुपैयाँ मात्र लिने जनाएको छ । पछिल्लो समय जिल्लामा डेङ्गु रोगको संक्रमण बढ्दै गएको छ । साउनयता जिल्लामा ५२ जनामा उक्त संक्रमण पुष्टि भइसकेको छ ।