News Griha :: न्यूजगृह
चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या

चितवन— चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ ।

कारागार कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा पाक्ने समस्या देखिएको छ ।

चार दिनदेखि समस्या देखिन थालेको हो । क्रमशः संक्रमण फैलँदै गएको उनले जानकारी दिए । संक्रमितलाई छुट्टै कोठामा राखिएको छ ।

पौडेलको भनाइमा उनीहरूलाई आवश्यक औषधी व्यवस्था गरिएको छ । कारागारको क्षमता दुई सय ५५ पुरुष र २५ महिलाको रहेको छ ।

हाल कारागारमा सात सय १३ पुरुष र ४७ महिला कैदीबन्दी छन् । यसैगरी आश्रित पाँच बालबालिका रहेको प्रमुख पौडेलले जानकारी दिए ।

छिटो रोग फैलने भएकाले अरुलाई सर्नबाट रोक्न सकेसम्मको प्रयास गरिएको उनको भनाइ छ । जिल्लामा आँखा पाक्ने समस्या निकै बढेर गएको छ । जसका कारण शिक्षण संस्था बन्द छन् । 

भीडभाडमा नहिँड्न र आँखा पाकेका बिरामीले सावधानी अपनाउन अनुरोध गरिएको छ । भरतपुर आँखा अस्पतालमा बिरामीको सङ्ख्या झन्डै दोब्बर पुगेको छ ।

बिरामी बढेपछि सहजरूपमा औषधीसमेत पाउन कठिन भएको अस्पतालले जनाएको छ । आँखा पाक्न सुरु गरेपछि निको हुन एक हप्ता हाराहारी लाग्ने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०९:५९
Weather Update