तिलगंगाको लगानीमा ‘सिटी आई सेन्टर’ सुरुवातशनिबार, भदौ ९, २०८०

कोशीमा डेंगुबाट १४ को मृत्यु, २२ हजार संक्रमित बिहीबार, भदौ ७, २०८० डेंगु संक्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार २ सय ३७ संक्रमित भएका छन् । डेंगु संक्रमणबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ ।

हेटौँडा अस्पतालमा १७५ शय्या निःशुल्क बिहीबार, भदौ ७, २०८० प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआइसीयु र आइसियुबाहेक शय्या निःशुल्क रूपमा उपलब्ध गराउनु भनी आएको निर्देशनअनुसार आफूहरूले सेवा दिन थालेको प्रसाईंले बताए । यसअघि अस्पतालमा प्रतिबेड प्रतिदिन दुई सय शुल्क लाग्दै आएको थियो ।

डेंगु नियन्त्रण गर्न के गर्दैछन् मेयर बालेन ? मंगलबार, भदौ ५, २०८० काठमाडौं महानगरपालिकामा मेयर बालेन साहले डेंगु संक्रमण नियन्त्रणका लागि जैविक औषधी छर्कन सुरु गरेका छन् ।

मुख गन्हाउँछ ? पुदिना प्रयोग गर्नुहोस् सोमबार, भदौ ४, २०८० तपाईंको स्वास गन्हाउँछ ? गिजाबाट रगत आउँछ ? यही समस्याका कारण साथीसँग खुलेर बोल्न पनि सक्नु भएको छैन ? त्यसो हो भने पुदिनाको नियमित प्रयोगले तपाईंलाई सहयोग पुग्नसक्छ । के छन् पुदिनाका फाइदा ?

खर्कमै पुगेर बालबालिकालाई खोप शनिबार, भदौ २, २०८० सिमकोटमा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ । भने खर्कमा रहेका अन्य बिरामीको उपचार गरेको छ । स्वास्थ्यकर्मीले करिब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो । हुम्लामा वर्षाको समयमा...

डेंगु संक्रमितको उपचार प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री थापा शनिबार, भदौ २, २०८० मुख्यमन्त्री थापाले ध्यानाकर्षण पत्र बुझ्दै डेंगु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसहित सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गरे ।

बकुलहर अस्पतालको शय्या निःशुल्क शनिबार, भदौ २, २०८० अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको छ । उनका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी १४ शय्याबाहेक अन्य शय्या निःशुल्क गरिएका छन् ।

एक महिनामै १०८ जनामा डेंगु संक्रमण शनिबार, भदौ २, २०८० एक हजार १६४ जनाको परीक्षण गरिएकामा सो संख्यामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये सो संख्यामा संक्रमित भेटिएका हुन् ।

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क शनिबार, भदौ २, २०८० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा. गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति जारी गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए ।

उपचारपछि कांग्रेस नेता भण्डारी डिस्चार्ज शुक्रबार, भदौ १, २०८० उनका अनुसार नेता भण्डारीको पुनः मंगलबार घाउको ड्रेसिङ गरिने छ । करिब छ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका उनको यही साउन ३१ गते छालाको प्रत्यारोपण गरिएको थियो ।

डेंगु संक्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन बिहीबार, साउन ३२, २०८० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपीडीमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगु संक्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ ।

डेंगु नियन्त्रणका लागि बायो लार्भीसाइड छर्कंदै काठमाडौं महानगर बुधबार, साउन ३१, २०८० काठमाडौं महानगरपालिकाले डेंगु संक्रमण नियन्त्रणका लागि पहिलोपटक बायो लार्भीसाइड छर्कने भएको छ ।