News Griha :: न्यूजगृह
डेंगु नियन्त्रणका लागि बायो लार्भीसाइड छर्कंदै काठमाडौं महानगर

काठमाडौं— काठमाडौं महानगरपालिकाले डेंगु संक्रमण नियन्त्रणका लागि पहिलोपटक बायो लार्भीसाइड छर्कने भएको छ ।

नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधी पानी पर्न रोकेसँगै कामपाको ३२ वटै वडाका पानी जमेको स्थानमा प्रयोग गर्ने तयारी रहेको छ ।

कामपा स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार उक्त औषधी प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छ भने अन्य जीवाणुलाई असर गर्दैन । उक्त औषधीले लामखुट्टेलाई मात्रै नष्ट गर्छ ।

अहिले कामपामा ४० जना डेंगु संक्रमित रहेका पनि प्रमुख पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २२:११
Weather Update