तिलगंगाको लगानीमा ‘सिटी आई सेन्टर’ सुरुवात

काठमाडौं— तिलगंगा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौंको चुच्चेपाटीमा ‘तिलगंगा सिटी आई सेन्टर’को सुरुवात गरेको छ ।
सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका चिकित्सकहरूको समूहबाट उपचार गराउने उद्देश्यले सिटी आई सेन्टर सञ्चालनमा ल्याइएको हो ।
सेन्टरको तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले सेन्टर उद्घाटन गरेका थिए ।
सेन्टरले शनिबारदेखि नियमित आँखा परीक्षणलगायत जटिल शल्यक्रियाको सेवा उपलब्ध गराउने छ । सेन्टरमा मोतियाबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको उपचार, आँखाको सौन्दर्य र अल्छी आँखाको व्यवस्थापनको उपचार गरिने जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८० १७:४३