News Griha :: न्यूजगृह
मुख गन्हाउँछ ? पुदिना प्रयोग गर्नुहोस्

काठमाडौं— तपाईंको स्वास गन्हाउँछ ? गिजाबाट रगत आउँछ ? यही समस्याका कारण साथीसँग खुलेर बोल्न पनि सक्नु भएको छैन ? त्यसो हो भने पुदिनाको नियमित प्रयोगले तपाईंलाई सहयोग पुग्नसक्छ ।  
के छन् पुदिनाका फाइदा ? डाक्टर सरिता बजगाईँको टिप्स 

-मुख गन्हाउने समस्या भएकाहरूले पुदिनाको सुख्खा पात पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्ध कम हुन्छ । यसो गर्नाले गिजा बलियो बनाउँछ र रगत आउने समस्यालाई पनि कम गर्छ । 

-यदि शरीरमा दाद वा छालामा फुस्रोपना आएमा वा दाद आएमा पुदिनाको पातलाई दिनमा चार पटक लगाएमा समस्या समाधान हुन्छ ।

-पुदिनाको पातसँगै ३ थोपा जति कागतीको रस मिलाएर मुहारमा लगाएर पाँच मिनेटपछि यसलाई सफा गर्नाले छालामा हुने एलर्जीको समस्या समाधानमा सहयोग पुग्ने छ  ।

-पुदिनाको रसको प्रयोग रुघाखोकीबाट आराम मिल्छ ।

-ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुने र अपच भएर पेट दुखेको छ भने पनि पुदिना, अदुवा र बिरे नुनको धूलो मिलाएर खादा फाइदा पुग्छ । 

-पुदिनामा प्रचुर मात्रामा भिटामिन सी हुने भएकाले यसको प्रयोगबाट थकाईमा आराम मिल्छ र मानिस फ्रेस हुन्छ । 

-पेट दुखेको बेलामा अदुवाको रससँग पुदिनाको पात पिसेर खाएमा दुखाइ कम हुन्छ ।

-पुदिनाको नियमित प्रयोगले पाचन प्रणालीलाई सहज बनाउन सहयोग पुग्नेछ । 

-पुदिनाको प्रयोगले मिन्सुरेसनको समयमा पेट दुख्ने सहितको समस्या समाधानमा सहयोगी बन्ने छ  ।    

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १०:२९
Weather Update