News Griha :: न्यूजगृह
खर्कमै पुगेर बालबालिकालाई खोप

हुम्ला— सिमकोटमा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ  । भने खर्कमा रहेका अन्य बिरामीको उपचार गरेको छ ।

स्वास्थ्यकर्मीले करिब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो । हुम्लामा वर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौँरीगाईसहित अन्य पशुवस्तु चरिचरणका लागि लैजाने चलन छ ।

साथै अभिभावकसँग खर्कमा बालबालिका पनि जाने भएकाले घुम्ती शिविर सञ्चालन गरिएको हो  । सिमकोट गाउँपालिका–१चुवाखोला वन र सोही पालिकाको वडा नं ८ मा पर्ने रानीशैनामा रहेका खर्कमा पुगेर स्वास्थ्यकर्मीले बालबालिकालाई खोप र अन्य नागरिकको उपचार गरेको सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले बताए ।

चुवाखोलारानीशैना खर्कमा गरी ८ बालबालिकालाई बीसीजी,डीपीटी,पीसीभी, पोलियो, जेइमिजल्स रुबेला टाइफाटडलगायत रोगविरुद्धको खोप लगाइएको संयोजक भण्डारीले बताए ।

यस समयमा खर्कमा बालबालिका पनि सँगै लैजाने भएकाले उनीहरू बसोबास गरिहेकालाई खर्कमा पुगेर खोप लगाइएको हो । यस्तै यी दुईवटा वडामा रहेका उच्च पहाडी खर्कमा गोठाला बसेका ७५ गोठालाको स्वास्थ्य जाँच गरी औषधोपचार गरिएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १९:०२
Weather Update