News Griha :: न्यूजगृह
प्रकाश सपूतलाई प्रश्न: ‘के रातीमा काम गर्ने सबैको चरित्र नराम्रो हुन्छ ?’ 
प्रकाश सपूतलाई प्रश्न: ‘के रातीमा काम गर्ने सबैको चरित्र नराम्रो हुन्छ ?’  प्रकाश सपूत विवादमा तानिएको यो पहिलोपटक भने होइन । पछिल्लो पटक उनकै शब्द, संगीत र गायनमा सार्वजनिक गीत ‘पीर’को भिडिओमा पनि सपूतले अयोग्य माओवादी छापामारले यौन व्यवसायमा लागेर बाँच्नुपरेको यथार्थ देखाएका थिए । तत्कालीन समयमा माओवादी पार्टीबाट चर्को दबाब आएपछि सपूतले भिडिओ पुनः सम्पादन गरेर युट्युबमा अपलोड गर्नुपरेको थियो । 
जगदम्बा स्टिल्सले तिरेन ४ अर्ब विद्युत् महसुल
जगदम्बा स्टिल्सले तिरेन ४ अर्ब विद्युत् महसुल बाराको सिमरामा रहेको जगदम्बा स्टिल्सको उद्योगले डेडिकेटेड लाइनमार्फत उपभोग गरेको विद्युत्को महसुल नतिरेको करिब १ दशक पुग्न थाल्यो । २०७२/०७३ यता डेडिकेटेड लाइनबापतको विद्युत् महसुल यो ग्रुपले तिरेको छैन । देशकै सबैभन्दा ठूला स्टिल उत्पादक कम्पनीले लामो समयदेखि महसुलबापतको ठूलो धनराशी नतिर्दा पनि प्राधिकरणले लाइन काट्न सकेको छैन ।
‘फूलमाया’ जसले कुसुमलाई सकम्बरी बनायो, त्यो दृश्य जसले कुसुमकी आमालाई रुवायो...
‘फूलमाया’ जसले कुसुमलाई सकम्बरी बनायो, त्यो दृश्य जसले कुसुमकी आमालाई रुवायो... कुसुम शर्मा र ‘शिरीषको फूल’की चर्चित पात्र सकम्बरीबीच दुई चिज ठ्याक्कै मिल्छन् । सकम्बरीकै जस्तो कुसुमको कपाल छोटो र आफ्नै संसारमा रमाउने स्वभाव । आफूलाई लागेको कुरा फ्याट्टै बोल्छिन् । फरासिली कुसुम सकम्बरीझैं उन्मुक्त हाँस्छिन् । 
आधुनिक सकम्बरी जो एक चुम्बनले झर्दिनन्...
आधुनिक सकम्बरी जो एक चुम्बनले झर्दिनन्... ‘सकम्बरी’ पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’ की एक पात्र हुन् । कुण्ठित मनोवृत्तिका ‘सुयोगवीर’ र हातमा चुरोट लिएर ‘बुलेट’ जसरी उन्मुक्त हाँसोसहित बोल्ने ‘सकम्बरी’ आआफ्नो स्वार्थ पूरा गर्न आपसमा कसरी नजिकिन्छिन् भन्ने कथा ‘शिरीषको फूल’ले बोल्छ । 
छ्‌या रविको ‘कोर टीम’
छ्‌या रविको ‘कोर टीम’ बोल्ने कला, राजनीतिक शक्ति र पहुँचको भरमै रविले विभिन्न उन्मुक्ति पाउँदै आएका छन् । चाहे त्यो आत्महत्या दुरुत्साहन मुद्दा होस् या दोहोरो राहदानी प्रकरणमा किन नहोस् । विवादीत व्यवसायी प्रसाईंसँग पैसा मागेको पछिल्लो अडिओ काण्डमा पनि रवि कुनै न कुनै हिसाबबाट आरोपमुक्त हुने नै छन् । कारण, यसमा उनको सोझै...
सीजी संलग्न अवैधानिक संरचनाका कारण बखुण्डोलका ३ घर पूर्ण रूपमा भासिए, दर्जन बढी घर जोखिममा
सीजी संलग्न अवैधानिक संरचनाका कारण बखुण्डोलका ३ घर पूर्ण रूपमा भासिए, दर्जन बढी घर जोखिममा हालसम्म समिट अपार्टमेन्टले खनेकै खाल्डोका कारण तीन घर पूर्ण रूपमा भत्किएका छन् भने आसपासका ५ वटा घर चर्किएका छन् । जमिन लच्किँदा १५ भन्दा बढी घरहरू जोखिममा परेका छन् । 
‘क्रिप्टोकरेन्सी’को अरबौँ लगानी जोखिममा, आफै फसिने डरले उजुरी गर्दैनन् पीडित
‘क्रिप्टोकरेन्सी’को अरबौँ लगानी जोखिममा, आफै फसिने डरले उजुरी गर्दैनन् पीडित ‘दैनिक रूपमा लगानीको तेब्बर रिटर्न पाउने लोभमा घरजग्गासमेत विक्रीवितरण गरेर सर्वसाधारणहरूले लगानी गरेका छन् । तर, नेपालको कानुनले क्रिप्टोमा गरिएको लगानीलाई अवैधानिक करार गरेको कारण लगानी डुब्दा पनि कानुनी उल्झनमा पर्ने भएपछि उजुरी गर्दैनन्,’ साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरिक्षक नवीन अर्याल भन्छन्, ‘यस्तो खालको उजुरी निकै कम मात्र ब्यूरोमा आउँछन्...
ठूला उद्योगले नै तिर्दैनन् विद्युत् महसुल, ३७ अर्ब बढी बक्यौता उठ्न बाँकी
ठूला उद्योगले नै तिर्दैनन् विद्युत् महसुल, ३७ अर्ब बढी बक्यौता उठ्न बाँकी महसुल नतिर्ने उद्योगका लाइन काट्ने हो भने नेपालका आधाभन्दा बढी बन्द हुन्छन् । त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्छ । सरकारले नीतिगत रूपमै यस विषयलाई सम्बोधन गर्नुपर्ने प्राधिकरणको बुझाइ छ । प्राधिकरणले सार्वजनिक गरेको कालोसूचीमा समावेश नाम र उनीहरूले तिर्न बाँकी महसुल हेर्दा त्यसमा नेपालका ठूला उद्योगीको नाम समावेश छैन ।
भ्रूणको जापान यात्रा
भ्रूणको जापान यात्रा नाटकका लेखक तथा अभिनेतासमेत रहेका केदारनाथ पौडेलले एउटा भ्रूणको कथालाई मञ्चमा ल्याएका छन् । पोखराको गन्धर्भ नाटकघर सँगै काठमाडौंको मण्डला थिएटरमा मञ्चन भई दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेको नाटक ‘इम्ब्रोइनिक’ अब जापानमा मञ्चन हुँदैछ अर्थात् भ्रूणले विदेश यात्रा गर्दैछ ।
सहकारी सञ्चालकको बदमासी: बिना धितो आफ्नै नाममा १५ करोड ऋण
सहकारी सञ्चालकको बदमासी: बिना धितो आफ्नै नाममा १५ करोड ऋण ठुलो पुँजी भएका सहकारीहरू सबैभन्दा समस्यामा छन् । अति न्यून तरलता राखेर कर्जा प्रवाह गर्दा ती सहकारीहरू अहिले समस्यामा छन् । जसले गर्दा सहकारीहरूले बचतकर्ताको पैसा फिर्ता गर्न सकिरहेका छैनन् । र, बचतकर्ताको भौतिक आक्रमणमा परिने डरले यस्ता सहकारीका सञ्चालकहरू भाग्दै हिँडेका छन् ।
‘तस्करी’ को सुनले पूरा गर्छ बजारको माग
‘तस्करी’ को सुनले पूरा गर्छ बजारको माग भन्सार विभागकाअनुसार, ‘५० ग्राम सुन, ५ सय ग्राम चाँदी र १० लाखसम्मको बहुमुल्य धातु मिश्रित गहना यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु’ हुन् । यही नियम टेकेर ‘तस्कर’ ले नेपालमा सुन भित्राउँदै आएका छन् ।
Weather Update