News Griha :: न्यूजगृह
पत्रिकामा खानेकुरा खाँदा लाग्नसक्छ दुईसय बढी रोग : ‘स्ट्रिट फूड’ व्यापारीलाई कडाइ गर्दै सरकार
पत्रिकामा खानेकुरा खाँदा लाग्नसक्छ दुईसय बढी रोग : ‘स्ट्रिट फूड’ व्यापारीलाई कडाइ गर्दै सरकार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वका प्रत्येक १० मध्ये एकजनाले ‘स्ट्रिट फूड’को उपभोग गर्छन् । उनीहरूलाई त्यसबाट पर्ने स्वास्थ्य समस्याको बारेमा जानकारी हुँदैन । डब्ल्यूएचओको प्रतिवेदनअनुसार विश्वभर यस्तै खानेकुराको उपभोगमार्फत बर्सेनि ४ लाख २० हजार जनाको मृत्यु हुने गरेको छ ।
बेपरवाह, अराजक र अव्यवस्थित कवि प्रतीक 
बेपरवाह, अराजक र अव्यवस्थित कवि प्रतीक  जतिसुकै दुख अनि पीडामा जीवन गुजारे पनि कवि रानाले कविता लेख्न छाडेनन् । मजदुरी गर्न भुलेनन् । र, आगामी जीवन पनि यसैगरी बिताउने उनको योजना छ । कवि राना आफ्नै कवितामा पोखिन्छन्, ‘पिउन मन लाग्छ पिउँछु, यसैगरी जिउन मन लाग्छ जिउँछु ।’  
प्रयोगकर्ताबाट पैसा लिएर ‘क्रिएटर’लाई बाँड्दै ट्वीटर
प्रयोगकर्ताबाट पैसा लिएर ‘क्रिएटर’लाई बाँड्दै ट्वीटर मस्कले भनेका छन्, ‘प्रयोगकर्ताले कन्टेन्टबापत तिरेको रकम सबै क्रिएटरलाई जानेछ । हामीले त्यसबापत शुल्क लिने छैनौँ ।’ साथै उनले विश्वभरका कन्टेन्ट क्रिएटरलाई आर्थिक रूपमा सहयोग गरी अझै गजब कन्टेन्टहरू ल्याउन कम्पनीले यस्तो निर्णय गरेको बताएका छन् । 
महेशको हिरो बन्ने रहर
महेशको हिरो बन्ने रहर काठमाडौं उक्लेपछि उनको ध्यान फिल्ममा बाहेक अन्त गएन । बुबाआमाले छोराले इन्जिनियरिङकै पढाइलाई निरन्तरता देओस् भन्ने चाहना थियो । तर त्रिपाठी आफ्नो चाहना पूरा गर्न चाहन्थे ।  हिरो बन्ने रहर मात्रै भएर हुँदैन । अवसर पनि आउनुपर्‍यो । बेमतलबी शहरमा महेशलाई फिल्ममा कसले ब्रेक दिने ? 
औषधिको नाममा अवैधानिक ‘ओआरएस’ ब्राण्डको कार्बोनेटेड पेय पदार्थ फार्मेसीमार्फत निर्बाध बिक्री
औषधिको नाममा अवैधानिक ‘ओआरएस’ ब्राण्डको कार्बोनेटेड पेय पदार्थ फार्मेसीमार्फत निर्बाध बिक्री अहिले ओआरएस ब्राण्डमा फार्मेसीहरूमा बिक्रीवितरण भइरहेको पेय पदार्थ विभागबाट स्वीकृति प्राप्त होइन । वास्तवमा त्यो पेय पदार्थले जीवनजलको काम पनि गर्दैन । औषधि पसलबाट सो पेय पदार्थ बिक्रीवितरण गर्नु पूर्ण रूपमा गैरकानुनी कुरा हो,’ औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने, ‘झाडापखाला लागेको बेलामा सो पेय पदार्थ उपभोग...
भर्ना शुल्क लिएर शिक्षा नीतिको धज्जी उडाउँदै सामुदायिक विद्यालयहरू
भर्ना शुल्क लिएर शिक्षा नीतिको धज्जी उडाउँदै सामुदायिक विद्यालयहरू शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कुनै पनि शीर्षकमा सामुदायिक विद्यालयहरूले शुल्क लिन नपाउने राज्यको स्पष्ट नीति रहेको बताए । ‘अहिले सामुदायिक विद्यालयहरूको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय निकायहरूलाई दिइएको छ,’ उनले भने, ‘यद्यपि, मन्त्रालयले नीतिगत रूपमै सामुदायिक विद्यालयले शुल्क उठाउन नपाउने निर्णय गरिसकेको छ ।’ 
गठबन्धनको औचित्य सकियो ?
गठबन्धनको औचित्य सकियो ? ठूला तथा पुराना दल चुनावमा गठबन्धन गरेर होमिइरहँदा पनि रास्वपाले जुन हिसाबको नतिजा अहिलेको चुनावमा निकाल्यो, त्यसले ठूला राजनीतिक दलहरूलाई सोच्न बाध्य बनाएको छ । वडा तहसम्म बलियो संगठनात्मक संरचना र सक्रिय कार्यकर्ता पंक्ति रहेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जनताले यो चुनावमा पाखा लगाए । 
तनहुँमा रास्वपाको जित सुनिश्चित !
तनहुँमा रास्वपाको जित सुनिश्चित ! निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार हालसम्म २९ हजार ८०२ मत गणना भइसकेको छ । आइतबार भएको उपनिर्वाचनमा ६५ हजार ९९ मत खसेको थियो । तनहुँ क्षेत्र नम्बर १ मा भानु नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्छन् । 
शिक्षा मन्त्रालयको चेपुवामा शैक्षिक परामर्शदाता कम्पनी : पाउँदैनन् शैक्षिक मेला र प्रचारप्रसार गर्न
शिक्षा मन्त्रालयको चेपुवामा शैक्षिक परामर्शदाता कम्पनी : पाउँदैनन् शैक्षिक मेला र प्रचारप्रसार गर्न वैदेशिक अध्ययनका लागि जाने अधिकांश विद्यार्थी को रोजाइमा अष्ट्रेलिया, जापान, अमेरिका, क्यानडा लगायतका देश पर्छन् । अध्ययनका लागि नेपालबाट बर्सेनि ५० अर्बभन्दा माथि बाहिरिरहेको परिप्रेक्ष्यमा त्यो भन्दा पाँच गुणा बढी रेमिटेन्स ती विद्यार्थीहरूमार्फत नेपाल आउने गरेको व्यवसायीहरूको दाबी छ । 
सहकारी र लघुवित्तमा लगानी गर्ने  वित्तीय निकायहरूलाई ‘रिकभरी’मा समस्या
सहकारी र लघुवित्तमा लगानी गर्ने  वित्तीय निकायहरूलाई ‘रिकभरी’मा समस्या सहकारी र लघुवित्तमा देखिएको आर्थिक समस्याको असर उनीहरूमाथि लगानी गर्ने वित्तीय निकायहरूमा पनि देखिन थालेको छ । एकातिर बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् भने अर्कोतिर उनीहरूमाथि लगानी गर्ने वित्तीय निकायहरूको ‘रिकभरी’मा समस्या आउन थालेको छ । 
के वालेट कम्पनीहरूले डिजिटल भुक्तानी गर्दा ‘होल्ड’ भएको पैसाको ब्याज खान्छन् ?
के वालेट कम्पनीहरूले डिजिटल भुक्तानी गर्दा ‘होल्ड’ भएको पैसाको ब्याज खान्छन् ? हरेक दिनजसो कोही न कोहीले समस्या भोगिरहेका छन् । पसलमा सामान किन्दा, रेस्टुरेन्टमा खाएको बिल तिर्दा होस् या पेट्रोल हाल्दा डिजिटल वालेट प्रयोगकर्ताहरूले यस्ता समस्या भोग्नुपर्ने बाध्यता छ । समस्या धेरै देखिएपछि पसल, रेस्टुरेन्टहरूले सकेसम्म नगदमै कारोबार गर्न खोज्छन् । ग्राहकलाई पनि पसल वा रेस्टुरेन्टको खातामा पैसा चढे नचढेको यकिन...
स्वर्णिमले १० हजार मतान्तरले जित्छन् : रास्वपा
स्वर्णिमले १० हजार मतान्तरले जित्छन् : रास्वपा विभिन्न क्षेत्रबाट तनहुँको उपचुनावको सर्वेक्षण भइरहँदा रास्वपाले पनि आन्तरिक रूपमा सर्वेक्षण गरेको छ । रास्वपाको आन्तरिक सर्वेक्षणअनुसार स्वर्णिमले करिब १० हजार मतान्तरले तनहुँ १ मा उपचुनाव जित्दैछन् । पार्टीका अनुसार गोविन्द भट्टराई वाग्लेको निकटतम् प्रतिद्वन्दी हुनेछन् भने सर्वेन्द्र खनालसँगको मतान्तर अझै ठूलो हुनेछ । 
Weather Update