नेपालमा कति विश्वविद्यालय आवश्यक ? बुधबार, असार २०, २०८०
नारायणगढ–मुग्लिङ सडकखण्डमा किन पहिरो गइरहन्छ ? आइतबार, असार १७, २०८० पहिरोका कारण गत बिहीबार (असार १४) देखि नारायणगढ–मुग्लिङ सडकखण्ड खुल्ने र बन्द हुने क्रम जारी छ । कहिले सडक एकतर्फी मात्र खुल्छ भने कहिले दुईतर्फी । शुक्रबार पहिरोले सडक अवरुद्ध हुँदा सयौँ यात्रुहरु सामान बोकेर कुद्दै सडक पार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
वैशाखयता विपद्का घटनामा ९२ जनाको मृत्यु शुक्रबार, असार १५, २०८० वैशाख १ देखि असार १४ सम्मको विपद्को तथ्याङ्क हेर्दा पहिरोमा परी १३ को मृत्यु, बाढीमा १०, चट्याङ् लागेर २०, हिमपहिरोमा १२ र आगलागीमा १५ जनाको मृत्यु भएको विपद् पोर्टलले जनाएको छ ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा भएका यी काण्डहरू बिहीबार, असार १४, २०८० भ्रष्टाचारका एकपछि अर्को काण्डमा उनको सरकारका मन्त्री तथा नेताहरू मुछिन थालेपछि एक्सन लिनुको सट्टा बचाउनतिर लागे । सार्वजनिक रूपमै भ्रष्टाचारीको मुख पनि नहेर्ने दाबी गर्ने ओली भ्रष्टाचारको दलदलमा आफ्ना नेताहरू मुछिन थालेपछि बचाउन दौडधुप गर्न थाले ।
नेपाली शान्ति सैनिक : मिसनमा अब्बल, नेतृत्व गर्न वञ्चित बुधबार, असार १३, २०८० जति मात्रामा नेपालले राष्ट्रसङ्घमा शान्ति सैनिक र प्रहरी खटाएको छ, त्यो हिसाबले अहिलेसम्म शान्ति मिसनको उच्चस्तरमा नेतृत्व गर्न पाएको छैन । शान्ति स्थापना कार्यमा उदाहरणीय काम गरेको नेपालले उच्चस्तरीय भूमिकामा नेतृत्व गर्नबाट किन वञ्चित भइरहेको छ, त्यसबारेमा परराष्ट्र मन्त्रालयले बेलाबेलामा प्रश्न उठाउने गरेको छ ।
पशुपतिमा चढाइएको जलहरी विवाद के हो ? सोमबार, असार ११, २०८० जलहरीमा पूर्वराष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री ओली र तत्कालीन मन्त्रीसहित ११ जनाको नाम कुँदिएको भेटिएको छ । यसले पनि जनआक्रोश बढाएको छ । सरकारको पैसाले बनाएको जलहरीमा व्यक्तिगत पैसाले बनाए जसरी व्यक्तिको नाम राखेको भन्दै प्रश्न उठेको छ ।
प्रतिकार्यमा हुनुपर्ने विपद् प्राधिकरण राहत र उद्धारमै सीमित आइतबार, असार १०, २०८० नेपाल बाह्रै महिना विपद्को लागि जोखिमयुक्त मुलुक मानिन्छ । विश्वको विपद् जोखिममा नेपाल २०औँ स्थानमा पर्छ । भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागी, डढेलो, लू र हिमपहिरो नेपालमा सधैँभरि आइरहने विपद्हरू हुन् । जब हरेक वर्ष यस्ता विपत्ति आइपर्छन् भने त्यसको प्रतिकार्यको लागि प्राधिकरणले काम गर्नुपर्थ्यो । तर, प्राधिकरण त्यसमा चुक्दै...
नेटो प्लसमा आबद्ध हुन भारतलाई अमेरिकी दबाब, नेपालमा पनि पर्न सक्छ असर मंगलबार, असार ५, २०८० भारत, विश्वको शक्तिशाली राष्ट्रहरूको सैन्य गठबन्धनमा बस्ने/नबस्ने बारेमा बहस भइरहँदा नेपाल भने उग्रराष्ट्रवादको सेरोफेरोमा आन्तरिक राजनीति मै अल्झिएको छ ।
प्रहरीको लापर्बाहीले ज्यान गुमाउँदै निर्दोष आइतबार, असार ३, २०८० जैसी अनशन बसेको बुबाआमालाई थाहा छ । ‘नबस भन्नुहुन्छ । तर म आफैँ डिप्रेसनमा गएँ,’ उनले भने, ‘म आफैँ सोच्न सकिरहेको छैन । अहिले त मेरो अवस्था यस्तो छ, भोलि कस्तो होला ?’ यता उनलाई गोली हानेपछि सई अधिकारीले उनलाई फर्केर समेत हेरेका छैनन् । उनी भावुक हुँदै भन्छन्, ‘रुवाउनु...
सांस्कृतिक राजाको हौवा किन चल्यो ? सोमबार, जेठ २९, २०८० २०६२/०६३ को दोस्रो जनआन्दोलनले २४० वर्ष लामो शाह वंशीय शासन बढारेसँगै नेपालमा दरबार म्युजियम बनेको छ, राजतन्त्र इतिहास, राजा इतिहासका पात्र । तर, गद्दीच्युत भएर निख्रिसकेको ‘राजसंस्था’ विगत एक दशकदेखि बारम्बार सान्दर्भिक बन्न खोजिरहेको देखिन्छ ।
चीनलाई सैन्य प्रशिक्षण दिँदै अमेरिका र युरोपका पूर्व लडाकु सोमबार, जेठ २९, २०८० आफ्ना विमान चालकलाई सेवा मै राख्न अमेरिकाले नयाँ आकर्षक कार्यक्रम ल्याएको छ । जसमा भत्ता स्वरुप वार्षिक ५० हजार अमेरिकी डलर दिने व्यवस्था छ । एअर फोर्स टाइम्सकाअनुसार सो विकल्प उनीहरूको लागि हो, जसले समयअगावै आफ्नो १० वर्षको सम्झौता चाँडै नवीकरण गर्नेछन् ।
हराएको भनिएका २३ सीमास्तम्भको अन्तर्वस्तु के हो ? शुक्रबार, जेठ २६, २०८० सुनसरीको नेपाल–भारत सीमा छुट्याउने स्थानमा केही दिनअघि २३ सीमास्तम्भ हराएको सूचना गलत भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
नागरिकताविहीनको आक्रोश : न्यायालयले हामीलाई अनागरिक बनाउन मिल्छ ? बुधबार, जेठ २४, २०८० लामो समयदेखि नागरिकता नपाएका पीडितहरू सर्वोच्चको आदेशपछि आन्दोलित भएका छन् । नागरिकताविहीन संघर्ष समिति नेपालले आयोजना गरेको आन्दोलनमा देशभरका ‘अनागरिक’को समर्थन छ ।