किन आक्रोशित छन् बालेन साह ? सोमबार, चैत २७, २०७९
आमाप्रति राज्यको विभेद किन ? शुक्रबार, चैत २४, २०७९ सरकारले एकल आमाका सन्तानले मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन दिएपछि सरोकारवालाले असन्तुष्टि जनाएका छन् । मावलीको नाममा जन्मदर्ता गर्ने भनिएपछि त्यस शब्दविरुद्ध सामाजिक सञ्जालमा बहस हुन थालेको हो । एकल आमाको सन्तानले मावलीको थरबाट जन्मदर्ता गरे पनि बाबु पत्ता लागेपछि उसैको ठेगानाबाट नयाँ जन्मदर्ता गर्नुपर्ने बाध्यताले आमाको अस्तित्वलाई पूर्ण...
२० महिने 'प्रणय'को उपचारका लागि २८ करोड आवश्यक, सहयोगका लागि परिवारको अनुरोध बिहीबार, चैत २३, २०७९ ‘हामीलाई थाहा पनि छैन, बाबु (प्रणय) कतिसम्म बाँच्छ भनेर । औषधी पाएपछि सायद केही होला,’ प्रणय पिता नरेश भन्छन्, ‘बाउ हुँ म, युवा नै छु । रुन बिर्सिएको मान्छे रुन थालेको छु । आफ्नै आँखा अगाडि आफ्नो सन्तानलाई मर्न कसरी दिऊँ? कहिलेकाहीँ रातमा ब्युझिँन्छु, छोरा साथमै सुतिरहेको हुन्छ । चिन्ताले...
ट्वीटरमा चराको स्थान ओगट्ने कुकुरको वास्तविकता मंगलबार, चैत २१, २०७९ माइक्रो ब्लगिङ साइट ट्वीटरको लोगो परिवर्तन भएको छ । स्पेसएक्स र टेस्लाका सिईओ एलोन मस्कले ठूलो कदम चालेर ट्वीटरको चर्चित तथा वर्षौं पुरानो ट्वीटर ब्लू बर्ड लोगो प्रतिस्थापन गरेका हुन् ।
रविले चुनाव जित्छन् मंगलबार, चैत २१, २०७९ ‘यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पछिल्लो राहदानी प्रकरणबारे पत्रकारहरुसँग तितो पोख्दै भने ।
अन्योलमा ट्रम्पको राजनीतिक भविष्य आइतबार, चैत १९, २०७९ अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक आपराधिक मामिलालाई लिएर अभियोग लगाइएको छ । यदि अभियोग साबित भएमा उनी जेल समेत जान सक्छन् । सन् २०२४ को राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिन लागेका ट्रम्पको राजनीतिक ‘करिअर’मा के कस्तो असर पर्छ, त्यसबारेमा चर्चा गरेका छौं ।
मिटरब्याजीको पीडामा मधेसवादी दल किन मौन ? बुधबार, चैत १५, २०७९ यसअघि पनि तराईबाट उखु किसान काठमाडौं आएर माइतीघरमा आन्दोलन गरे । उखु मिलले करोडौँ रुपैयाँ तिर्न बाँकी रहेको भन्दै उनीहरूले दुई/दुई पटक चिसो महिनामा माइतीघरमा धर्ना दिए । हरेक सञ्चारमाध्यममा उखु किसानको पीडा समाचारको मुख्य हेडलाइन बने । त्यसबेला पनि मधेस केन्द्रित दल चुइक्क बोलेनन् । मधेस केन्द्रित पार्टी मात्र...
वर्षामा आउने छैन मेलम्ची मंगलबार, चैत १४, २०७९ अहिले वितरण भइरहेको पानी रोकिएपछि वर्षायाममा बागमती नदीको पानीलाई नै प्रशोधन गरेर काठमाडौंवासीलाई वितरण गर्ने मेलम्ची खानेपानी आयोजनाको योजना छ । तर बागमती नदीबाट वितरण गरिने पानी अपुग हुने विज्ञहरुले औँल्याउँदै आएका छन् ।
६१ कर्मचारीले पाएनन् आठ महिनादेखि तलब शुक्रबार, चैत १०, २०७९ मेलम्ची खानेपानी विकास समितिमा कार्यरत ६१ जना कर्मचारीले विगत आठ महिनादेखि तलब पाएका छैनन् । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले समितिले बजेट नपठाउँदा कर्मचारीलाई तलब दिन नसकेको बताए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष...
सुदखोरविरुद्ध पैदलयात्रा शुक्रबार, चैत १०, २०७९ मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लाका सुदखोर पीडित न्यायको पर्खाइमा छन् । न्याय माग्दै उनीहरू पैदल काठमाडौं आउँदैछन् । सुदखोर पीडित अधिकांश दलित र तल्लो तप्काका नागरिक छन् ।
घोडेजात्रा : पर्व कि रवाफ ? मंगलबार, चैत ७, २०७९ पाहाँ चः ह्रेको दिन सोमबार बिहानै (लुकेको महादेव) लुकुमहा द्यःको पूजा गरिएको हो । सोमबारै बिहान भीमसेनथान, मरु, कोहिची, हुमद लगायतका पुराना नेवार वस्तीमा १२ वर्षसम्मका कन्या केटीहरुको पूजा गरिएको छ । मह्र्रजा नकु भनेर १२ वर्षसम्मका कन्या केटीहरुलाई टोल टोलमा राखेर भात, मासु, मिठाई, चकलेट समेत खुवाई पूजा गर्ने...
बजेट नभए हिमाल सफा हुन्छन् ? आइतबार, चैत ५, २०७९ सेनाको नेतृत्वमा अभियानमा पर्यटन र वातावरण विभाग, खुम्बु पासाङ ल्हामु र अन्नपूर्ण गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालय, हिमालय रेस्क्यु एसोसिएसन, एक्सपिडीसन अपरेटर एसोसिएसन, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एसोसिएसन अफ नेपालको सहभागिता रहनेछ । एसपीसीसी, कञ्चनजङ्गा र मनास्लु संरक्षण आयोजना, विभिन्न प्रदेश तथा स्थानीय तह, अन्तर्राष्ट्रिय र राष्ट्रिय...
प्रदूषण बढ्दो, व्यवस्थापन फितलो शनिबार, चैत ४, २०७९ १३६ वटा क्रियाकलापहरु उल्लेख गरिएको कार्यसमितिका अधिकांश कार्यहरु पूरा भएका छैनन् भने कतिपय कार्य सुरु समेत भएको छैन । कतिपय कार्यसमितिका कामहरु एक वर्षभित्र, कुनै दुई वर्षभित्र, तीन वर्ष र पाँच वर्षभित्र कार्यान्वयनमा ल्याउनुपर्ने छ ।