News Griha :: न्यूजगृह
दोहा उडेको नेपाल एअरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइयो
दोहा उडेको नेपाल एअरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइयो काठमाडौंबाट कतारको दोहाका लागि उडेको नेपाल एअरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: काठमाडौंमै ल्यान्ड गरिएको छ। बिहीबार राति ११ बजेतिर काठमाडौंबाट दोहाका लागि उडेको वाइडबडी ए३३० मा उडेको केही समयमै प्राविधिक समस्या देखिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले उक्त जहाज करिब ७० नटिकल माइल उडेपछि पुन: काठमाडौं आएर ल्याण्ड भएको...
नेपाल ‘ए’ले टस जित्यो, आयरल्यान्ड ‘ए’विरुद्ध फिल्डिङ गर्ने
नेपाल ‘ए’ले टस जित्यो, आयरल्यान्ड ‘ए’विरुद्ध फिल्डिङ गर्ने टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
न्युजिल्यान्डमा सवारी दुर्घटनामा परि धनुषाका सुरेन्द्रको मृत्यु
न्युजिल्यान्डमा सवारी दुर्घटनामा परि धनुषाका सुरेन्द्रको मृत्यु न्युजिल्यान्डमा भएको सवारी दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ।धनुषाको शहीदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको सवारी दुर्घटनामा परी मृत्यु भएको एनआएएनए न्युजिल्यान्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए। उनको शव अहिले अस्पतालमै छ। शव नेपाल पठाउनेबारे आवश्यक प्रक्रिया सुरु गरिएको पाण्डेले बताए। 
नवाजुद्दिन र आलियाको सम्बन्ध सुध्रियो
नवाजुद्दिन र आलियाको सम्बन्ध सुध्रियो बलिउडका प्रभावशाली अभिनेता नवाजुद्दिन सिद्दीकी र उनकी पत्नी आलियाको सम्बन्ध चार वर्षयता चर्चाको विषय बनेको छ।सन् २०२० मा दुवै बीचको सम्बन्धमा खटपट भएको खबर बाहिर आएको थियो । यसपछि उनीहरूबीचको द्वन्द्व निकै समयसम्म चल्यो। उनीहरूले आपसी विवाद लिएर अदालतसम्म पुगे।
एसईई परीक्षा अनुगमनको नाउमा पटक-पटक परीक्षा केन्द्रमा नजान बोर्डको निर्देशन
एसईई परीक्षा अनुगमनको नाउमा पटक-पटक परीक्षा केन्द्रमा नजान बोर्डको निर्देशन राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परीक्षा (एसईई) हलमा धेरै सङ्ख्यामा मानिसहरू नजान निर्देशन दिएको छ। बिहीबारदेखि सुरु भएको यो वर्षको एसईई परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक–पटक धेरै सङ्ख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परीक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै...
काठमाडौंको छाउनीमा झुण्डिएको अवस्थामा भेटिएकी डाक्टरको उपचारका क्रममा मृत्यु
काठमाडौंको छाउनीमा झुण्डिएको अवस्थामा भेटिएकी डाक्टरको उपचारका क्रममा मृत्यु काठमाडौंको छाउनीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी १ जना डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ। डाक्टर प्रतिभा धवडेल बिहीबार बिहान ८ बजेतिर छाउनीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। श्रीमान् डा कविराज भण्डारीले श्रीमती प्रतिभालाई शौचालयमा झुण्डिएको अवस्थामा फेला पारेका थिए। 
सुनको भाउ प्रतितोला एक लाख ३० हजार पुग्यो
सुनको भाउ प्रतितोला एक लाख ३० हजार पुग्यो निरन्तर उकालो लागेको सुनको मूल्यले शुक्रबार पुनः नयाँ रेकर्ड बनाएको छ। लगातार बढिरहेको सुन आज प्रतितोला २१ सयले बढेर एक लाख ३० हजार पुगेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौंमा गुण्डागर्दी गर्ने प्रशान्त लिम्बू पेस्तोल र चक्कुसहित पक्राउ
काठमाडौंमा गुण्डागर्दी गर्ने प्रशान्त लिम्बू पेस्तोल र चक्कुसहित पक्राउ काठमाडौंको कपन क्षेत्रमा गुण्डागर्दीमा संलग्न १ जना व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भइ हाल काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बू छन्। प्रहरीका अनुसार लिम्बू कपन क्षेत्रमा गुण्डागर्दीमा संलग्न थिए। कपन क्षेत्रमा गुण्डागर्दी बढेको सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको सर्च अभियानका...
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो। महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति: शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्का तर्फबाट सम्बोधन गरेका थिए।
सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस
सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसी) दीपक अधिकारीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई रिक्त डीआईजी पदमा बढुवा गरिएको हो।
इलाममा जित्ने पात्र छानेर निर्वाचनमा होमिन प्रचण्डको निर्देशन
इलाममा जित्ने पात्र छानेर निर्वाचनमा होमिन प्रचण्डको निर्देशन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले इलाम २ को निर्वाचनमा उपयुक्त उम्मेदवार छानेर निर्वाचनमा होमिन निर्देशन दिएका छन्। प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई भेट्न पुगेको नेकपा माओवादी केन्द्र इलामका इन्चार्ज धीरेन्द्र शर्मासहितको टोलीसँग कुरा गर्दै प्रचण्डले जनभावना अनुसार उपयुक्त उम्मेदवार छनोट गरी निर्वाचनमा जुट्न निर्देशन दिए। प्रचण्डले इलाम पुराना नेताले छहारी...
दुर्गा प्रसाईले बोकेको हतियार छानबिन गर्न समिति गठन
दुर्गा प्रसाईले बोकेको हतियार छानबिन गर्न समिति गठन सरकारले दुर्गा प्रसाईले बोकेको हतियार छानबिन गर्न समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको चार सदस्यीय छानबिन समिति गठन भएको छ। समितिमा गृहमन्त्रालयकै उपसचिव (कानून) ऋषि पौडेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य छन्। छानबिन समितिको सदस्य सचिवका रुपमा गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारी रहेका छन्। 
Weather Update