News Griha :: न्यूजगृह
काठमाडौंमा गुण्डागर्दी गर्ने प्रशान्त लिम्बू पेस्तोल र चक्कुसहित पक्राउ

काठमाडौं— काठमाडौंको कपन क्षेत्रमा गुण्डागर्दीमा संलग्न १ जना व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भइ हाल काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बू छन्। 

प्रहरीका अनुसार लिम्बू कपन क्षेत्रमा गुण्डागर्दीमा संलग्न थिए। कपन क्षेत्रमा गुण्डागर्दी बढेको सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको सर्च अभियानका क्रममा लिम्बू पक्राउ परेका थिए। 

पक्राउ परेका लिम्बूको कोठा खानतलासी गर्दा कटुवा पेस्तोल १ थान फेला परेका हो। उनको कोठाबाट धारिलो चक्कु २ थान तथा हम्मर (हतौडा) १ थान बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

पक्राउ परेका लिम्बूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:२०
Weather Update