टी-२० श्रृङ्खला : आज आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै नेपाल शनिबार, चैत १७, २०८०

आज विदेशी मुद्राको नेपाली मूल्य कति ? शनिबार, चैत १७, २०८० नेपाल राष्ट्र बैंकले चैत १७ गतेलाई विदेशी मुद्राको विनिमयदर तोकेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ।

आईपीएल: कोलकाताले बैंग्लोरलाई ७ विकेटले हरायो शनिबार, चैत १७, २०८० कोलकाता किंग्स राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी)माथि शानदार जित निकालेको छ। १८३ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ बल बाँकी हुँदै ७ विकेटको जित निकालेको हो।

यी स्थानमा आज पनि वर्षा, भोलिदेखि मौसममा सुधार शनिबार, चैत १७, २०८० राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल शनिबार, चैत १७, २०८० विशेष काम गर्न बिहानको समय अनुकूल छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दिउँसोदेखि केही व्यावहारिक बाधा देखापर्नेछन्।

जीबी राईले मलेसिया प्रहरीलाईसमेत प्रभावमा पारेको आशंका शुक्रबार, चैत १६, २०८० सहकारीका बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको तथा उनीहरुको रकम फिर्ता नगरेको उजुरीपछि पोखराको सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार छन्। राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालन पनि हुन्।बचतकर्ताको उजुरीपछि कास्की अदालतले गत भदौ मै उनीविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। तर, राई भने पक्राउ परेका छैनन्।...

स्नातक तहको परीक्षामा अंग्रेजी र नेपाली भाषामा प्रश्नपत्र सोध्ने त्रिविको निर्णय शुक्रबार, चैत १६, २०८० त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागू गरी क्रमशः...

कांग्रेस सभापति देउवाले गरे दिवङ्गत नेता खुमबहादुरको प्रशंसा, भने- भ्रष्टाचारको झुटो मुद्दामा फसाइयो शुक्रबार, चैत १६, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा र योगदान अतुलनीय रहेको बताएका छन्।लमही नगरपालिका–९ अमिलिया चोकमा आज दिवङ्गत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुटो मुद्दामा फसाइएको दाबी गरे।

काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो, युनिफर्मसहित नियमित ड्युटीमा खटाइयो शुक्रबार, चैत १६, २०८० उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोशाक)का प्रहरी हटाइएको छ।गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वार्टरले परिपत्र गर्दै सादा पोशाकका प्रहरीलाई हटाउन परिपत्र गरेको थियो।

यस्तो बन्यो नयाँ बजेट लेख्ने टीम शुक्रबार, चैत १६, २०८० अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट लेख्ने टीम बनाएको छ। अर्थमन्त्री वर्षमान पुन अनन्तले बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन्।मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार समिति गठनको निर्णय गरेका हुन् ।

समानुपातिक सांसद सापकोटालाई जनमत पार्टीले पदबाट हटाउन नमिल्ने, के हो विवाद? शुक्रबार, चैत १६, २०८० प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन गरेको पत्राचार त्रुटीपूर्ण रहेको ठहर गरेका छन्। सीके राउत नेतृत्वको जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको व्यहोरा उल्लेख गर्दै गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो। तर सभामुख...

यि हुन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय शुक्रबार, चैत १६, २०८० मन्त्रिपरिषद् बैठकले सरकारको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने भन्ने निर्णय गरेको छ। आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँड ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि रु ७७ अर्ब ८५ करोड, स्थानीय तहको लागि ७७ अर्ब ८५ करोड र...

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा शुक्रबार, चैत १६, २०८० नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ। शुक्रबार सर्वोच्च अदालतले सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो।सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गरेको हो। गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।









