आज मिति २०८० चैत १७ गते शनिबार। तदअनुसार ३० मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिउँसोदेखि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। वादविवाद वा खर्च हुने डरले सताउन सक्छ। अर्थ अभावले सताए पनि आजको मेहनतले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आँटेको काम रोकिन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ। कामको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिहानको समय लाभदायक रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहोला। साथीभाइ टाढिनेछन्। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि राम्रो लाभ उठाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मेहनत गर्दा समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
परिस्थितिवश यात्रा रोकिन सक्छ। काम बिग्रनाले दोहोर्याएर प्रयास गर्नुपर्ला। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोतिर भौतिक वस्तुहरू जुटाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। नियमित काम सम्पादन हुनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विशेष काम गर्न बिहानको समय अनुकूल छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दिउँसोदेखि केही व्यावहारिक बाधा देखापर्नेछन्।
राशिको फल जे जस्तो भए पनि तपाईंको मेहनतले नै तपाईंलाई सफल बनाउँछ। नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ। तपाईंको दिन शुभ बितोस् शुभकामना।