News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कांग्रेस सभापति देउवाले गरे दिवङ्गत नेता खुमबहादुरको प्रशंसा, भने- भ्रष्टाचारको झुटो मुद्दामा फसाइयो

दाङ— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा र योगदान अतुलनीय रहेको बताएका छन्।

लमही नगरपालिका–९ अमिलिया चोकमा आज दिवङ्गत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुटो मुद्दामा फसाइएको दाबी गरे।

Prabhu Bank

सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस नेताहरूले पार्टी र जनतालाई जोड्न पूर्वमहामन्त्रीसमेत रहेका खड्काको योगदान अतुलनीय रहेको बताए।

अहिले खड्काको अभाव पार्टीले भोग्नुपरेको टिप्पणीसमेत देउवाले गरे। 

Deuba_khum_bahadur_dang-1711724697.jpg
पटकपटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्का जेल परेका थिए। २०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो। अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट खड्का दोषी ठहर भए। 

दुई करोड ३६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सर्वोच्चमा २०६३ चैतमा पुनरावेदन गरेको थियो। सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार एक सय बिगो र त्यति नै जरिवानाको फैसला सुनाएको थियो।

२०७४ चैत १६ गते ६७ वर्षको उमेरमा खड्काको निधन भएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २०:५१
Weather Update