News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
यस्तो बन्यो नयाँ बजेट लेख्ने टीम

काठमाडौं— अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट लेख्ने टीम बनाएको छ। अर्थमन्त्री वर्षमान पुन अनन्तले बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन्।

मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार समिति गठनको निर्णय गरेका हुन् ।

Prabhu Bank

सहसचिव धनिराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन्। शर्मा आन्तरिक राजश्व कार्यालयमा उप महानिर्देशक छन्।

समिति संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए। विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माको भनाइ थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २०:१२
Weather Update