News Griha :: न्यूजगृह
टी-२० श्रृङ्खला : आज आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं— टी-२० शृङ्खलाअन्तर्गत शनिबार नेपाल ‘ए’ ले आयरल्यान्ड (वुल्भ्स)विरुद्ध दोस्रो खेल खेल्दै छ।

खेल दिउँसो  दिउँसो १ बजे शुरु हुनेछ।

यसअघि हिजो भएको पहिलो खेलमा लोकश बमको सतकिय विस्फोटक ब्याटिङका बाबजुद नेपाल ‘ए’ पराजित भयो। सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको हो। 

जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो।

 नेपालका लागि लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै १०६ सतकिय पारी खेले पनि जित दिलाउन सकेनन्।

जितसँगै आयरल्यान्डले सिरिजमा १–० को अग्रता बनाएको छ।  

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०७:१५
Weather Update