News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आयरल्यान्ड ‘ए’ विरुद्ध १०६ रन बनाएर आउट भए लोकेश

काठमाडौं— आयरल्यान्ड ‘ए’ विरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपाल ‘ए’का लागि लोकेश बमले शतक प्रहार गरेका छन्।  शतक प्रहार गरेका लोकेश १०६ रन बनाएर आउट भए। 

शुक्रबार पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड दिएको २२३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान लोकेश बमले ५३ बलमा शतक पूरा गरेका हुन्। 

Prabhu Bank

लोकले ८ चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए। समग्रमा उनले ९ चौका र ८ छक्का प्रहार गरे। 

१६ ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर १८९ रन बनाएको छ। नेपालले जितका लागि २४ बलमा ३४ रन बनाउनुपर्ने अवस्थामा लोकेश आउट भएका छन्। क्रिजमा अहिले आरिफ शेख र किरन ठगुन्ना छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:१६
Weather Update