News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो, युनिफर्मसहित नियमित ड्युटीमा खटाइयो

काठमाडौं— उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोशाक)का प्रहरी हटाइएको छ।

गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वार्टरले परिपत्र गर्दै सादा पोशाकका प्रहरीलाई हटाउन परिपत्र गरेको थियो।

Prabhu Bank

हेडक्वार्टरको परिपत्र आएपछि उपत्यकाका १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दियो।

तीन वटै परिसर, वृत्तहरू, ट्राफिक, विमानस्थल प्रहरी गरी १०८ जना सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको कार्यालयले बतायो।

यसअघि प्रहरीहरू सूचना सङ्कलनका लागि घुमुवाको रूपमा परिचालन हुँदै आएका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २०:२८
Weather Update