नेपाल ‘ए’को लगातार दोस्रो हार, आयरल्याण्ड ‘ए’ ४० रनले विजयी शनिबार, चैत १७, २०८०

पशुपति शमशेरको भविष्यवाणी: ‘वर्तमान गठबन्धनको आयु चारमहिना’ शनिबार, चैत १७, २०८० शनिबार महाराजगञ्जमा पत्रकारहरूसँग अनौपचारिक संवाद गर्दा नेता राणाले वर्तमान प्रतिनिधि सभाले पूर्ण कार्यकाल काम गर्नेमा आफू विश्वस्त रहेको बताउँदै तर एमाले र माओवादी सहितको सत्ता गठबन्धन भने धेरै लामो समय चल्नेमा आफूलाई विश्वास नलागेको बताए। ठट्यौली शैलीमा हाँस्दै राणाले भने, ‘बढीमा चार महिना!’

नेपाल 'ए' लाई आयरल्याण्ड 'ए' को विशाल लक्ष्य शनिबार, चैत १७, २०८० आयरल्याण्ड 'ए' ले दोस्रो टी-२० अभ्यास खेलमा नेपाल 'ए' लाई २२५ रनको विशाल लक्ष्य दिएको छ। टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्ड 'ए' ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनायो।

सुन तस्कर दावा छिरिङलाई नागरिकता बिक्री गर्ने दुई अधिकृत पुर्पक्षमा शनिबार, चैत १७, २०८० जिल्ला प्रशासन कार्यालय काभ्रेबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। अदालतले सोही प्रकरणमा संलग्न अर्का एकजनालाई पक्राउ पुर्जी जारीको आदेश दिएको छ।

बागमतीका सभामुखको दाबी– 'मुख्यमन्त्रीको विश्वासको मत फेल गर्न दबाब आएको छ' शनिबार, चैत १७, २०८० बागमती प्रदेशका सभामुख भुवन पाठकले बागमती प्रदेश सरकारको विश्वासको मत लिने बैठकमा आफूलाई सहभागी नहुन दबाब आएको खुलासा गरेका छन्।चितवनको सौराहामा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा सभामुख पाठकले आफूलाई शालिकराम जम्कट्टेल सरकारको विश्वासको मत लिने दिनको बैठकमा सहभागी नभएर सरकारलाई अप्ठेरोमा पार्नको लागि विभिन्न शक्तिबाट दबाब आएको उल्लेख गरे।

‘सुन साइँली’ गीतका सर्जक हर्क, जो चालीस कटेसी पनि रमाएनन् शनिबार, चैत १७, २०८० हेमन्त रानाको स्वर र कालिप्रसाद बासकोटाको संगीत रहेको यो गीत सुनिरहँदा र भिडिओ हेरिरहँदा धेरैलाई गीतका गीतकारले आफ्नो भोगाइलाई शब्द र दृश्य मार्फत गीत तथा पर्दामा उतारेको लाग्दो हो । तर वास्तविकता फरक छ । यो गीतका गीतकार हर्क साउद, जो अहिले उमेरले ४२ को यात्रामा छन्, न त ‘साइँली’लाई...

भूराजनीतिक खेल खेलेर प्रचण्डले गठबन्धन फुटाए: कोइराला शनिबार, चैत १७, २०८० नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालीन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन्। साथै एमालेलाई साथमा लिएर सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित गराउन खोजेको पनि उनले बताए। दाहालले देखाएको कोशी निर्वाचन र कांग्रेस महासमिति बैठकमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द एवं ०८४...
![टस जितेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल [लाइभ]](https://newsgriha.com/uploads/posts/Nepal_vs_ireland-1711783292.jpg)
टस जितेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल [लाइभ] शनिबार, चैत १७, २०८० त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ। तीव्र गतिका बलर हेमन्त धामी र विकेटकिपर अर्जुन घर्ती आजको खेलमा बेन्चमा छन्। स्पिन अलराउन्डर विपिन खत्री र पवन सरार्फ आज नेपालको प्लेइङ ११ मा छन्।

एक महिनाभित्र सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’ शनिबार, चैत १७, २०८० आयोजनाका लागि सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ। सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ। त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ...

त्रिशूली दुर्घटना: छोराको अन्येष्टि गरेर फर्किएकी थिइन् हरिमाया शनिबार, चैत १७, २०८० शनिबार बिहानमा ट्याक्सी त्रिशूलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ। दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन्।काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको थियो।
-1711806879.jpg)
बस सडकमा ठाडै उभिएको भाइरल तस्बिर: यसरी भयो दुर्घटना शनिबार, चैत १७, २०८० लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा जाँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो। दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक शालिकराम सुवेदी घाइते छन्। उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

रोकिराखेको बसमा कार ठोक्किँदा दुई जना घाइते शनिबार, चैत १७, २०८० तनहुँमा रोकिराखेको बसमा कार ठोक्किँदा २ जना घाइते भएका छन्।म्याग्दे गाउँपालिका- १ गुणादी स्थित सडकमा रोकिराखेको ना ५ ख ५३५९ नम्बरको बसलाई बागमती बीएसी ५७४० नम्बरको कारले ठक्कर दिएको थियो। बस काठमाडौंबाट पोखरा जाँदै थियो।

अछाममा के गर्दैछन् भीम रावल ? शनिबार, चैत १७, २०८० रावल नेकपाको सचिवालयमा अटाउन चाहन्थेँ। उनलाई स्थायी कमिटी सदस्य बनाइएको थियो। उनले सचिवालयमा आउनलाई निक्कै दौडधुप पनि गरे। ओलीले आफ्ना विश्वासपात्र विष्णु पौडेललाई महासचिव बनाएपछि रावलको सचिवालयमा पुग्ने सम्भावना हट्यो। त्यसपछि उनी ओलीका कदमको टिप्पणी गर्न थाले। आफ्ना कदममाथि टिप्पणी गर्न थालेपछि ओलीले पनि रावललाई पार्टी जिम्मेवारीबाट टाढा धकेले।









