घरभन्दा राम्रो शौचालय बनेपछि दङ्ग! आइतबार, चैत १८, २०८०

कालीगण्डकी करिडोरको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र आइतबार, चैत १८, २०८० राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ।तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर–भुरुङ तातोपानी खण्डमा थप ६ किलोमिटर सडक कालोपत्र गरिएको हो। विसं २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडकखण्ड कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनासँग ६६ करोडमा ठेक्का सम्झौता...
संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुर्याउन माग गर्दै २० जिल्लामा प्रदर्शन आइतबार, चैत १८, २०८० संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुर्याउन माग गर्दै मानव अधिकार तथा शान्ति समाजले शनिबार २० जिल्लामा दबाबमूलक प्रदर्शन गरेको छ। समाजले सो प्रक्रियालाई राजनीतिक लेनदेनको विषय बनाउन खोजिएकोप्रति चिन्ता समेत व्यक्त गरेको छ।

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध, खुलाउने प्रयास जारी आइतबार, चैत १८, २०८० पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए।

संवैधानिक परिषद्को बैठक आज, संसद्को गतिरोध अन्त्य गर्ने प्रयास आइतबार, चैत १८, २०८० संवैधानिक परिषदको बैठक आजलाई बोलाइएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान ९ बजेलाई परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ।

सभामुखको स्वीट्जरल्याण्ड भ्रमणले १० दिन स्थगित प्रतिनिधि सभा बैठक आज आइतबार, चैत १८, २०८० प्रतिनिधि सभाको बैठक आजलाई बोलाइएको छ। बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।प्रमुख दलका सचेतकसहित स्वीट्जरल्याण्ड जान सभामुखले १० दिन प्रतिनिधि सभा बैठक स्थगित गरेका थिए। सभामुख नेतृत्वको टोली अन्तर-व्यवस्थापिका सङ्घ (आईपीयू) को १४८ औँ महासभामा भाग लिन जेनेभा गएका थिए।१० दिन पछि हुने आजको बैठकमा सभामुखले...

विदेशी मुद्राको नेपाली मूल्य आज कति ? आइतबार, चैत १८, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ। त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसामा कारोबार हुनेछ।

आईपीएल: पञ्जावविरुद्ध लखनउको जित आइतबार, चैत १८, २०८० टस जिटेर पहिला ब्याटिङ गरेको लखनउले दिएको २०० रनको लक्ष्य पूरा गर्न नसक्दा पञ्जाव किंग्स २१ रनले पराजित भयो। निर्धारित २० ओभेर खेलेको पञ्जावले पाँच विकेटको क्षतिमा १७८ रनमात्र जोड्न सक्यो।

आज पनि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना आइतबार, चैत १८, २०८० आज पनि देशका केही क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसकारण आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।

कारागारभित्रै न्यायधीश राईको मृत्यु, कुटेर हत्या गरेको परिवारको आरोप आइतबार, चैत १८, २०८० सुनसरीको झुम्का कारागारभित्र एक कैदीबन्दीको मृत्यु भएको छ। ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए। खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको शनिबार करागारभित्रै मृत्यु भएको हो।

इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई, आर्मी १–०ले पराजित आइतबार, चैत १८, २०८० अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ।शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो। चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आर्मी...

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल आइतबार, चैत १८, २०८० आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
मौसम परिवर्तनले आन्तरिक उडान प्रभावित, चार विमान ‘डाइभर्ट’ शनिबार, चैत १७, २०८० मौसममा आएको परिवर्तनका कारण शनिबार बेलुका विमान उडान/अवतरण प्रभावित भएको छ। काठमाडौंमा प्रतिकूल मौसमका कारण विमान ‘डाइभर्ट’ भएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। झापाको भद्रपुरबाट आएको बुद्ध एअरको जहाज विराटनगर डाइभर्ट भएको छ।









