News Griha :: न्यूजगृह
आईपीएल: पञ्जावविरुद्ध लखनउको जित

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)को गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्स विजयी भएको छ। लखनउले पञ्जाव किंग्सविरुद्ध २१ रनको जित हासिल गर्‍यो। 

टस जिटेर पहिला ब्याटिङ गरेको लखनउले दिएको २०० रनको लक्ष्य पूरा गर्न नसक्दा पञ्जाव किंग्स २१ रनले पराजित भयो। निर्धारित २० ओभेर खेलेको पञ्जावले पाँच विकेटको क्षतिमा १७८ रनमात्र जोड्न सक्यो।

टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। लखनउका क्विन्टन डि काकले सर्वाधिक ५४ रन बनाए। ३८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।

Image

कप्तान निकोलस पूरन ४२, मार्कस स्टझयनिस १९ र केएल राहुल १५ रनमा आउट हुँदा क्रुनाल पाण्ड्या ४३ रनमा अविजित रहे।

पञ्जावका सैम करनले सर्वाधिक ३ विकेट लिए। अर्शदीप सिंहले २ विकेट लिँदा कगिसो रबाडा र राहुल चाहरले १–१ विकेट हात पारे।

Image

२०० रनको लक्ष्य पछ्याएको पञ्जावका लागि कप्तान शिखर धवनले ५० बलमा ७० रनको शानदार अर्धशतक बनाए। तर त्यो जितका लागि पर्याप्त भएन। जोनी बेयरस्टोले २९ बलमा ४२ र प्रभसिमरन सिंहले १९ रन जोडे। लियाम लिभिङस्टोनले नटआउट २७ रन जोड्दा शशांक सिंह ९ रनमा नटआउट रहे। सैम करन भने शून्य रनमै आउट भए।

पञ्जाबलाई सस्तैमा समेट्न लखनउका मयंक यादवले ३ र मोहसिन खानले २ विकेट हात पारे। यो जितसँगै लखनउले आईपिएलको यो सिजनमा पहिलो जित निकालेको छ। उसले दुई खेलमा दुई अंक जोडेको छ। तीन खेल खेलेको पञ्जाबसमेत दुई अंकमा सीमित छ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०६:४९
Weather Update