मौसम परिवर्तनले आन्तरिक उडान प्रभावित, चार विमान ‘डाइभर्ट’
काठमाडौं— मौसममा आएको परिवर्तनका कारण शनिबार बेलुका विमान उडान/अवतरण प्रभावित भएको छ।
काठमाडौंमा प्रतिकूल मौसमका कारण विमान ‘डाइभर्ट’ भएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
झापाको भद्रपुरबाट आएको बुद्ध एअरको जहाज विराटनगर डाइभर्ट भएको छ।
बुद्ध एअर कै सिमराबाट आएको विमान सिमरा नै र भैरहवाबाट आएको विमान भैरहवा नै डाइभर्ट भएको उनले बताए।
जनकपुरबाट आएको यती एअरलाइन्सको विमान जनकपुर नै डाइभर्ट भएको उनले जानकारी दिए।
यो पनि पढ्नुहोस
काठमाडौंमा हावाहुरीसहित वर्षा
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० २२:०२













