News Griha :: न्यूजगृह
शान्ति प्रक्रिया टुंग्याउन प्रचण्ड, देउवा र ओली सकारात्मक
शान्ति प्रक्रिया टुंग्याउन प्रचण्ड, देउवा र ओली सकारात्मक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको...
रुखले किच्दा स्कुटरमा सवार युवकको मृत्यु
रुखले किच्दा स्कुटरमा सवार युवकको मृत्यु पाल्पामा हावाहुरीले भाँचेको रुखले किच्दा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ। सिद्धार्थ राजमार्ग अन्तगर्त जरे पिपलमा भन्ने ठाउँमा सल्लाको रुखले किच्दा लु ८१ प ११३६ नम्बरको स्कुटरमा सवार पाल्पा कैलाशनगरका २० वर्षीय भुवन सिँजालीको मृत्यु भएको  हो। 
ठमेललाई २४ सै घण्टा खुला गर्ने निर्णयको विरोधमा घरधनी  
ठमेललाई २४ सै घण्टा खुला गर्ने निर्णयको विरोधमा घरधनी   उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्ने तयारी गरेपछि ठमेल क्षेत्रका घरधनीले उक्त निर्णयको विरोध गरेका हुन्। ठमेलका घरधनीको आज बसेको बैठकले ठमेललाई २४ सै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको...
दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि पौवाखेत शोकमा
दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि पौवाखेत शोकमा गोरखा गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो। उपचारका क्रममा काठमाडौंमा मृत्यु भएका शङ्करको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ गएकी आमा जुनकिरीसहित सबै परिवार र आफ्न्त पशुपति आर्यघाटमा पुग्यो।
मनकामना जाँदै गरेको जीप दुर्घटना, एकको मृत्यु 
मनकामना जाँदै गरेको जीप दुर्घटना, एकको मृत्यु  नवलपरासी पूर्वबाट मझुवादेउराली हुँदै मनकामना जाँदै गरेको ग१च ७६१९ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौंमा हावाहुरीसहित वर्षा काठमाडौंमा मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ। शनिबार साँझसम्म काठमाडौंको मौसम सफा थियो।आइतबारदेखि मौसम क्रमशः सुधार हुने महाशाखाको पूर्वानुमान छ। न्यूनचापीय वायुको प्रभाव कमजोर भई आइतबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ।
चट्याङ लागेर दैलेखमा बालिकाको मृत्यु
चट्याङ लागेर दैलेखमा बालिकाको मृत्यु चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ। चट्याङ लागेर भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीय शर्मिला कँडेलको मृत्यु भएको दैलेख प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए।
कर्णालीमा चट्याङ र हावाहुरीसहित भीषण असिना पानी, क्षतिको विवरण आउँन बाँकी
कर्णालीमा चट्याङ र हावाहुरीसहित भीषण असिना पानी, क्षतिको विवरण आउँन बाँकी शनिबार दिउँसो कर्णालीमा ठुलो मात्रामा चट्याङ, हावाहुरीसहित असिना पानी परेको छ। विशेषगरि सुर्खेतमा ठुलो मात्रामा असिना परेको हो। हावाहुरी र असिना पानीले विशेषगरि गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ। भित्राउन लागेको गहुँ बालीमा असिनाले क्षति पुर्‍याउँदा किसानहरू भने चिन्तित बनेका छन्।
बागमती सरकारमा एमाले सहभागी, एक वर्षपछि अर्थमै फर्किए थपलिया
बागमती सरकारमा एमाले सहभागी, एक वर्षपछि अर्थमै फर्किए थपलिया नेकपा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार आर्थिक मामिला मन्त्रीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई नियुक्त गरेका छन्।
काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ: गृहमन्त्री लामिछाने
काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ: गृहमन्त्री लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने बताएका छन्।शनिबार इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार घोषणासभामा उनले भने, 'रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने कुरा पनि आम नागरिकमा छ,...
एमालेले हार्न मिल्दैन : ओली
एमालेले हार्न मिल्दैन : ओली एमाले अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमालेले आफूविरुद्धको खतरनाक गठबन्धनका कारण पराजयको सामना गर्नुपरेको उल्लेख गर्दै आसन्न उपनिर्वाचनमा सुखद परिणाम ल्याउने दाबी गरेका छन्। शनिबार एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चको आयेजनामा बझाङ प्रदेश सभा–१ को उपनिर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै उनले गत निर्वाचनमा सबै दल एकातिर र केही नेताले पार्टी...
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ छलफल भएको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा तीन नेताबीच छलफल सुरु भएको हो।
Weather Update