News Griha :: न्यूजगृह
चट्याङ लागेर दैलेखमा बालिकाको मृत्यु

सुर्खेत— चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ। चट्याङ लागेर भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीय शर्मिला कँडेलको मृत्यु भएको दैलेख प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए।

उनका अनुसार चट्याङ लागेर उनी घाइते भएकी थिइन्। 

उनको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो। तर, उनको बाटोमै मृत्यु भएको हो। 

दैलेख सहित कर्णाली प्रदेशमा दिउँसो हावाहुरी, चट्याङसहित भीषण असिना परेको छ। 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरबहादुर वलीले हावाहुरीले विभिन्न ठाउँमा भइरहेको क्षतिबारे जानकारी लिने काम भइरहेको बताए।  

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १९:३५
Weather Update