News Griha :: न्यूजगृह
रुखले किच्दा स्कुटरमा सवार युवकको मृत्यु

पाल्पा— पाल्पामा हावाहुरीले भाँचेको रुखले किच्दा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ। 

सिद्धार्थ राजमार्ग अन्तगर्त जरे पिपलमा भन्ने ठाउँमा सल्लाको रुखले किच्दा लु ८१ प ११३६ नम्बरको स्कुटरमा सवार पाल्पा कैलाशनगरका २० वर्षीय भुवन सिँजालीको मृत्यु भएको  हो। 

जिल्ला प्रहरी  कायलय पाल्पा डीएसपी सुगन्ध श्रेष्ठकाअनुसार स्कुटर चालक  सोही स्थानका प्रमथ शाही घाइते  भएका छन्। उनको प्रवास मेडिकल केलज पाल्पामा उपचार भइरहेको छ।  

भुवन पाल्पाबाट बुटवलतर्फ आउँदै थिए।

हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १० प ५७२१ नम्बरको स्कुटर र एक मोटरसाइकल पनि पल्टिएको छ। 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २१:१७
Weather Update