News Griha :: न्यूजगृह
शान्ति प्रक्रिया टुंग्याउन प्रचण्ड, देउवा र ओली सकारात्मक
Photo: RSS

काठमाडौं— प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बैठकमा संसद्लाई बिजनेस दिने, राष्ट्रिय मुद्दामा एकजुट भइ अघि बढ्ने विषयमा समेत छलफल भएको जानकारी दिए। 

प्रधानमन्त्री प्रचण्डले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री प्रचण्डले सकेसम्म आफ्नो कोसिस राजनीतिक दलहरू सबैलाई सहमतिमा ल्याएर राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु रहेको शनिबार एक कार्यक्रममा बताएका थिए।   

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २१:२५
Weather Update