आज पनि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं— आज पनि देशका केही क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसकारण आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।
कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने देशभरका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहितको वर्षाको सम्भावना छ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० ०६:३९













