बस सडकमा ठाडै उभिएको भाइरल तस्बिर: यसरी भयो दुर्घटना
-1711806879.jpg)
काठमाडौं— सामाजिक सञ्जालमा एउटा तस्बिर र भिडिओ भाइरल छ।
उक्त भाइरल तस्बिर र भिडिओमा बस दुर्घटना भएको देखिन्छ। बस सडकमा ठाडै उभिएको छ। त्यही तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो।
घटना हो- पोखराको। लेखनाथको अर्चले भन्ने ठाउँमा बस दुर्घटना भएको हो। दुर्घटनामा दुई जना घाइते छन्।
लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा जाँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो। दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक शालिकराम सुवेदी घाइते छन्। उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
बसमा चालक र सहचालक मात्र रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए।
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० ११:५८













