News Griha :: न्यूजगृह
रोकिराखेको बसमा कार ठोक्किँदा दुई जना घाइते

काठमाडौं— तनहुँमा रोकिराखेको बसमा कार ठोक्किँदा २ जना घाइते भएका छन्।

म्याग्दे गाउँपालिका- १ गुणादी स्थित सडकमा रोकिराखेको ना ५ ख ५३५९ नम्बरको बसलाई  बागमती  बीएसी ५७४० नम्बरको कारले ठक्कर दिएको थियो। बस काठमाडौंबाट पोखरा जाँदै थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा कारमा सवार दुईजना घाइते भएका छन्।

घाइतेहरूमा कास्कीको पोखरा महानगरपालिका-१६ का ३२ वर्षीय विकास बानियाँ र ३१ वर्षीय सञ्जीव भण्डारी छन्।

उनीहरूको दमौलीमा उपचार भइरहेको र दुवैको स्वास्थ्य अवस्था मध्यम रहेको डीएसपी खाणले जानकारी दिए।

बस र बसका चालक दुवै जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको डीएसपी खाणले बताए।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ११:४४
Weather Update